Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा पहिरोले चार घर पुरिए, सार्कीबारा बस्ती नै जोखिममा

राती नै १० घरपरिवार वडा कार्यालयमा सारिएकोले मानविय क्षती भएन
सोमबार, साउन १४, २०८१
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१२ को सार्किबारा बस्तीका चार घर पहिरोले पुरेको छ । लगातारको वर्षाको कारण गएको पहिरोले आईतबार राती यहाँका चार घरमा क्षती भएको हो । 

गिजागाड खोलामा आएको बाढीको कारण सार्कीबारामा पहिरो गएको थियो । पहिरोमा परेर चार घर भत्किएको वडा अध्यक्ष खम्मे कुसारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय नन्दे सार्की, अलबहादुर सार्की, मनबहादुर सार्कीको र अर्जुन सार्कीको घर पहिरोमा परेर भत्किएका हुन् । 

लगातारको बर्षाको कारण बस्ती नै जोखिममा रहेपछि आईतबार बेलुका जोखिममा रहेका १० घरपरिवारलाई वडा कार्यालयमा सारिएको थियो । वडा अध्यक्ष कुसारीका अनुसार बेलैमा बस्तीका स्थानीयहरुलाई वडा कार्यालयमा सारिएकोेले कुनैपनि मानविय क्षति भने भएन । 

घर पहिरोमा पुरिएपछि त्यहाँभित्र रहेका अन्नपात लगायतका सामाग्रीहरु पुरिएका छन् । गिजागाड खोलाको सतह बढेकोले पल्लोपट्टि रहेको उक्त बस्तीमा जान नसकिएको वडा अध्यक्ष कुसारीले बताउनुभयो । क्षतिको विवरण समेत संकलन गर्न नसकिएको उहाँले जनाउनुभयो । 

उक्त बस्ती नै जोखिममा रहेको छ । गिजागाड खोला र उक्त पहिरो गएको स्थानका १० घर उच्च जोखिममा रहेको र पहिरोभन्दा माथिल्लो भागमा रहेको सम्पूर्ण बस्ती नै जोखिममा रहेको वडा अध्यक्ष कुसारीले उल्लेख गर्नुभयो । 

मनसुन सुरु भएयता यस वडामा चार जनाको मृत्यु भएको छ । गत साउन १ गते बिहान बाढीले टहरा पुरिदा तीन बालिकाको मृत्यु भएको थियो भने साउन ३ गते खोलामा आएको बाढीले बगाएर एक पुरुषकाे मृत्यु भएको थियो । बाढी पहिरोको कारण यहाँका सयौ घर र दर्जनौ बस्ती जोखिममा रहेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्