Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाढी पहिरोबाट प्रभावित परिवारसँग भेटघाट र निरीक्षण

सोमबार, साउन १४, २०८१
tribeni2

रुकुम पश्चिम । राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायले आठविसकोट नगरपालिका -१२ का बाढी पहिरो प्रभावित परिवारहरुसँग भेटघाट गर्नुका साथै घटनास्थलको स्थलगत निरीक्षण गर्नुभएको छ । 

सोमबार आठविसकोट नगरपालिकाको झिन्चौरस्थित बगरबस्तीमा पुगेर उहाँले बाढी पहिरोले क्षति गरेको स्थानको निरीक्षण गरेर प्रभावित परिवारहरुसँग भेटघाट गर्नुभएको हो । रोकायले बाढी पहिरोको कारण मृत्यु भएका व्यक्तिका परिवार, बिस्थापित भएका र घाईते भएका व्यक्तिहरुलाई भेटेर तत्कालको आवश्यकता बारेमा छलफल समेत गर्नुभएको छ । 

उहाँले प्रभावितस्थलबाटै गृहमन्त्री रमेश लेखकलाई सम्पर्क गरेर प्रभावित परिवारहरुको अवस्था र आवश्यकता बारेमा जानकारी गराउनुभएको नेपाली काँग्रेस रुकुम पश्चिमका कोषाध्यक्ष मोहबिर खड्काले जानकारी दिनुभयो । बाढी पहिरोबाट बिस्थापित भएका व्यक्तिहरुले आश्रय लिएको सेल्टरमा पुगेर उहाँले भोगिरहेका समस्याहरुको जानकारी समेत लिएको कोषाध्यक्ष खड्काले बताउनुभयो । 

प्रभावित परिवारहरुसँगको छलफलमा रोकायले तत्कालै सरकारको ध्यानाकर्षण गराएर आवश्यक राहतको लागि पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । 

उक्त अवसरमा राष्ट्रिय सभा सदस्य रोकायले आठविसकोट नगरपालिका उप प्रमुख, वडा अध्यक्ष लगायतको टोलीसँग बाढी पहिरोेले गरेको क्षतीको विवरण र भएको प्रगती बारेमा समेत जानकारी लिनुभएको छ । उहाँले प्रभावित परिवारहरुलाई तत्काल राहत सामाग्रीहरुको आावश्यकताका लागि नगरपालिका, रेडक्रस लगायतका निकायले सहकार्य गर्न आवश्यक रहेको समेत बताउनुभएको छ । 

WhatsApp-Image-2024-07-29-at-15.56.18_ec33d032-1722254768.jpgझिन्चौरमा गत साउन १ गते बिहान आएको बाढीले तीन बालिकाको मृत्यु भएको थियो भने एक पुरुष बेपत्ता हुनुभएको थियो । त्यसैगरी साउन ३ गतेका दिन सोहि वडामा बाढीले बगाउँदा एक पुरुषको मृत्यु भएको थियो । 

बाढी प्रभावितस्थलको निरीक्षण तथा भेटघाट कार्यक्रममा राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायसँगै आठविसकोट नगरपालिकाका उप प्रमुख धनकुमारी शाही, वडा नम्वर ३,४ र १२ का वडा अध्यक्षहरु, नेपाली काँग्रेसका जिल्ला सचिवहरु परमेश्वर भण्डारी र तारक बहादुर शाही, सहसचिव यज्ञ बिष्ट, कोषाध्यक्ष मोहबिर खड्का, पार्टीको प्रदेश महाधिवेशन प्रतिनिधी कमल शाह, नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका सभापति रमा गौतम लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्