Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चोरी गर्दैगर्दा पक्राउ

२५ फागुन २०७५
tribeni2

दाङको तुलसीपुरमा भारतीय नागरिक चोरीगर्दा गर्दै पक्राउ परेका छन् । तुलसीपुर ९ बेलुवाको जनक शाहीको घरमा कोही नभएको मौका छोपी ढोकामा लगाएको ताला फोडी चोरी गर्ने क्रममा शुक्रवार स्थानीयले देखेपछि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका भारत बिहार, जिल्ला मोतिहारी ग्राम पञ्चायत स्लामापुर छोट्का छोप्कैया वडा ७ बस्ने बर्ष २६ को किस्मत महतोको साथबाट नगद र गरहगहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाबाट प्रहरीले ६८ हजार ६ सय ३० रुपैयाँ, छड्के तिलहरी एक थान, मंगलसुत्र एक थान , बाला ३ थान, झालर २ थान, औठी एक थान, छापे औठी एक थान बरामद गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रेमबहादुर शाहीले बताए ।

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  ०८:०३
प्रतिक्रिया दिनुहोस्