Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अमेरिकामा हत्या गरिएका दिपकको परिवारको लागि सात घण्टामै ६५ लाख रुपियाँ संकलन

मंगलबार, साउन १५, २०८१
tribeni2

अमेरिकामा लुटेरा समुहको गोली प्रहारबाट मृत्यु भएका रुकुम पश्चिमका दिपक ओलीको परिवारको सहयोगका लागि अमेरिकामा सहयोग संकलन सुरु गरिएको छ । 

अमेरिकामा रहेका नेपालीहरुले मिलेर दिपकको परिवारको राहत र पार्थिव शरिर अन्त्यष्टिको लागि रकम संकलन सुरु गरिएको हो । 

बाँफिकोट गाउँपालिका वडा नम्वर १० सेजे घर भई अमेरिकाको टेक्सासस्थित एक ग्याँस स्टेशननमा कार्यरत ३० वर्षिय दिपकको आईतबार बिहान हत्या भएको थियो । बन्दुकधारी लुटेराहरुको गोली प्रहारबाट घटनास्थलमै मृत्यु भएपछि त्यहाँस्थित नेपालीहरुले परिवारको सहयोगका लागि रकम संकलन सुरु गरेका छन् । 

रकम संकलन अभियानमा जोडिनु भएका बाँफिकाट गाउँपालिका –६ मग्माका गोर्ख कुसारीका अनुसार अभियान सुरु गरेको सात घण्टामै करिब ५० हजार अमेरिकी डलर अर्थात करिब ६५ लाख नेपाली रुपियाँ संकलन भएको छ । 

अमेरिकामा रहेका नेपालीहरु मिलेर स्थापना गरेको गो फन्ड र ग्रुप मार्फत उक्त रकम संकलन भएको हो । अभियान सुरु गरेको दिनमै ४५० जनाले ६५ लाख रुपियाँ जम्मा गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एक करोड रुयियाँ जम्मा गरेर मृतक दिपकको घरपरिवारलाई उक्त रकम उपलब्ध गराईने छ । 

मृतकका आफन्तहरुका अनुसार करिब ८० लाख रुपियाँ खर्च गरेर दिपक गत वर्ष अमेरिका पुगेका थिए । ऋण कारेर अवैध बाटो अमेरिका पुगेका दिपकको परिवारलाई सहयोगका लागि अमेरिकामा रहेका मनकारी र सहयोगी नेपालीहरुले सहयोग अभियान सञ्चालन गरेका हुन् । सहयोग रकम जम्मा गर्न बाँकि र ईच्छुकहरुलाई रकम जम्मा गर्न अनुरोध गरिएको छ । 

मृतक दिपकको घरमा बुवा, आमा, श्रीमती, पाँच वर्षिया छोरी, दुई भाई र एक बहिनी हुनुहुन्छ । 

सम्बन्धित समाचार ...

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्