Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाढी पहिरो प्रभावितहरुको अवस्था दयनीय छ, एकजुट भएर काम गरौं : राष्ट्रिय सभा सदस्य रोकाय

मंगलबार, साउन १५, २०८१
tribeni2

रुकुम पश्चिम । नेपाली काँग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्ण बहादुर रोकायले मनसुनजन्य विपद्का कारण विस्थापित भएका परिवारहरुको अवस्था दयनीय रहेको बताउनुभएको छ । 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको बाढी पहिरो प्रभावितस्थलको स्थलगत निरीक्षण र प्रभावित परिवारहरुसँग भेटघाटपछि सांसद रोकायले उनिहरुको अवस्था थप कष्टकर बन्दै गईरहेको बताउनुभयो । उनीहरुलाई खाद्यन्न, आवास, खानेपानी लगायतका समस्याहरु रहेको उहाँले जनाउनुभयो । 

मङगलबार जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठकमा उहाँले अप्ठ्यारो अवस्थामा दैनिकी गुजारिरहेका बाढी पहिरो प्रभावितहरुको लागि सबै निकायले एक भएका काम गर्न आवश्यक रहेको औल्याउनु भयो ।

सांसद रोकायले बिस्थापित व्यक्ति तथा परिवारहरुमा स्वास्थ्य जटिलता तथा संक्रमण बढ्न सक्ने सम्भावना रहेकोले सामुहिक प्रयासमार्फत प्रभावित परिवारको आवश्यकता पूरा गर्न अत्यावश्यक रहेको बताउनुभयो ।

भूकम्पको कारण अधिकांश बस्तीहरु उच्च जोखिममा रहेको जानकारी दिनुहुँदै सांसद रोकायले स्थानीय तहहरुले उक्त कुरा यकिन गरेर थप सजकता अपनाउन पर्ने उल्लेख गर्नुभयो । उहाँले सम्भव भएसम्म जोखिम बस्तीको नजिकमा तालिम प्राप्त सशस्त्र प्रहरीको युनिट राख्न सुझाव दिनुभयो ।

WhatsApp-Image-2024-07-30-at-16.17.38_a981b521-1722336378.jpgआठबिसकोटको वडा नम्वर ९, ११ र १२ का ४० परिवारहरु स्थानीय काष्ठ उद्योग, वाईन उद्योग र बृद्धाश्रमको घरमा आश्रय लिएर बसेकोले उनीहरुको आवास, खाद्यन्न लगायतका पक्षमा गम्भिर भएर लाग्न उहाँले अनुरोध गर्नुभयो । उनीहरु दिनभर बाढी पहिरोले क्षति गरेको घर वरपर रहने र साझँमा आश्रयस्थलमा सुत्नको लागि जाने गरेका छन् । 

त्रिपालले बिस्थापित परिवारलाई जोगाउन असम्भव रहेकोले टेन्टको आवश्यकता रहेको र माथिल्लो निकायमा आफूले पनि पहल गर्ने उहाँको भनाई छ । सांसद रोकायले भूकम्प प्रभावित लाभग्राहीको अस्थायी आवास निर्माण वापत सरकारले दिने भनेको अनुदान रकमको बारेमा सरकारका गृहमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराएको र निकशा पठाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले मनसुनजन्य विपदका घटनाले जिल्लामा गरेको क्षतीको विवरण जानकारी गराउन साथै गरिएका पहलहरुको बारेमा जानकारी गराउनुभएको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्