Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तीन जना सहिदको स्मृती दिवसमा बिरामीलाई फलफूल वितरण

मंगलबार, साउन १५, २०८१
tribeni2

रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । 

सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृती दिवसको अवसरमा मंगलबार बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । 

नेपाल निजामति कर्मचारी संगठन रूकुम पश्चिमले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको संगठनका कर्णाली प्रदेश कमिटी सदस्य तुल्सीराम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्नुका साथै फलफूल वितरण गरिएको हो । 

फलफूल वितरण कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य जसबिर खत्री, कर्णाली प्रदेश कमिटी सदस्य तुल्सीराम बोहरा, जिल्ला अध्यक्ष पुष्पराज ओली लगायत जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । 

453499858_7775417512554199_1117148564271080682_n-1722337699.jpg

453626204_7775417699220847_4984589624050518636_n-1722337702.jpg

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्