Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा घरधुरी र समूहमा पुगेर नागरिकको सन्तुष्टि सर्वेक्षण

नगरपालिकाको सेवा प्रवाहप्रति ९९ प्रतिशत नागरिक सन्तुष्टि
बिहीबार, साउन १७, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबाट प्रवाह हुने सेवाको सन्तुष्टि मापन गर्न घरधुरी र समुहमा सर्वेक्षण तथा छलफल गरिएको छ । 

नगरपालिकाले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्यमा गरेको सन्तुष्टि सर्वेक्षण कार्यको प्रतिवेदन जनप्रतिनिधिहरु र कर्मचारीहरु बिचमा जानकारी गराएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालका अनुसार ९० वटा घरधुरीमा गरिएको सर्वेक्षणमा ९९ प्रतिशतले नगरपालिकाले प्रवाह बारेमा सन्तुष्टि र एक प्रतिशत नागरिकले असन्तुष्टि जनाएका छन् । त्यसैगरी नागरिक गुनासोप्रति स्थानीय सरकारको जवाफदेहितामा ६१ प्रतिशत रहेको प्रतिक्रिया दिएका छन् ।  

सन्तुष्टि सर्वेक्षणबाट नागरिकको सन्तुष्टि अभिबृद्धि गर्न पालिका र वडास्तरको गुनासो सुनुवाई संयन्त्रलाई थप क्रियाशिल बनाउने, गुनासो सुनुवाईका लागि क्षमता विकास गर्ने सुझावहरु प्राप्त भएका छन् ।

त्यसैगरी स्थानीय सरकारले गरेका राम्रा काम र सेवाको सम्बन्धमा टोल तथा बस्तीस्तरमा जनाभेट अभियान मार्फत जानकारी गराउने, प्रत्येक वडामा गुनासो संकलन बाकसको व्यवस्था गर्ने लगायतका सुझाव प्राप्त भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिनुभयो । 

nagarik-santusti_Rukum-(2)-1722511837.jpgनगरपालिकाले गाउँपालिका राष्ट्रिय महासंघको सहकार्यमा तथ्यांक संकलन, प्रतिवेदन तयारीका साथै छलफल र सुझाव संकलन गरेको थियो ।

कार्यक्रममा नगर उप प्रमुख ईश्वरी शर्मा बिएमले सर्वेक्षण प्रतिवेदनले कार्यालयको सेवा प्रवाह र नागरिक बिचको सम्बन्ध बारेमा जानकारी लिने र सुधार गर्ने आधार प्रदान हुने बताउनुभयो । उहाँले नागरिकको प्रतिक्रियाको आधारमा सेवा प्रवाहलाई थप चुस्त र दुरुस्त बनाउन सहज हुने भएकोले सन्तुष्टि सर्वेक्षणलाई प्राथमिकता दिएको बताउनुभयो । 

यस अघि नगरपालिकामा एकिकृत सेवा प्रवाह सञ्चालन केन्द्र, विद्युतिय टोकन प्रणाली, सेवाग्राही सन्तुष्टि सर्वेक्षण लगायतका सेवाहरु सञ्चालन गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्