Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सोलाबाङमा अचेत अवस्थामा भेटिएका अपरिचित पुरुषको उपचारमा समस्या

शुक्रबार, साउन १८, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ सोलाबाङमा अचेत अवस्थामा भेटिएका एक पुरुषको चार दिनसम्म पनि पहिचान खुलेको छैन । 

अचेत अवस्थामा भेटिएका अपरिचित पुरुषको उपचार जिल्ला अस्पताल सल्लेमा भईरहेको छ । अझैसम्म उनको होस आएको छैन । जिल्ला प्रहरी कार्यालयले ती पुरुषको उपचारमा समस्या भएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार गत सोमबार सोलाबाङमा ती पुरुष अचेत अवस्थामा फेला परेका थिए । पहिचान नखुलेका ती पुरुष अन्दाजी ५५/५६ बर्षका रहेका छन् । झट्ट हेर्दा भारतिय मुलको जस्ता देखि ती पुरुषको अझैसम्म नाम, थर, ठेगाना पत्ता लागेको छैन । 

उनीलाई उद्धार गरेर जिल्ला अस्पताल सल्लेमा ल्याईएको थियो । ती व्यक्तिको आफन्त कोही नभएको र उपचारको लागी पैसा समेत नभएकोले उपचारमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ । 

प्रहरीले उपचारका लागि सहयोग गर्नका साथै कसैले चिनेमा आफन्तजनमा सम्पर्क गरिदिन समेत अनुरोध गरेको छ । 

WhatsApp-Image-2024-08-02-at-12.37.14_4a7ed0a0-1722583563.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्