रुकुमकोटमा फुटबल सुरु, विजेतालाई २५ हजारको खसि, उप विजेतालाई तीन हजारको भाले पुरस्कार

२०७८ कार्तिक १५

रुकुम पूर्व / शुभ दिपावली २०७८ को अवसरमा रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ रुकुमकोटमा खुला फुटबल प्रतियोगिता सुरु भएको छ ।

रुकुमकोट फुटबल क्लबद्धारा आयोजित उक्त फुटबल प्रतियोगिताको एक कार्यक्रमका बिच सिस्ने गाउँपालिकाका उपााध्यक्ष गोवर्धन बुढाले उद्घाटन गर्नुभयो ।
प्रतियोगिता सिस्ने गाउँपालिकाको ५ मा रहेको रुक्मिणी माद्यामिक विद्यालयको खेल मैदानमा आज दिउँसो देखि सुरु भएको छ ।

प्रतियोगितामा बिभिन्न १३ टिम भाग लिएको आयोजक रुकुमकोट फुटबल क्लबका अध्यक्ष हरि ओलीले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगिताको विजेतालाई २५ हजार मूल्य बराबरको खसी पुरस्कार दिईनेछ ।

उपविजेता हुने टिमले ३ हजार रुपैयाँको भाले पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्