Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली सरकारमा जाने कांग्रेसका चार मन्त्रीको टुंगो

शुक्रबार, साउन १८, २०८१
tribeni2

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको हो।

प्रदेशसभा सदस्य राजीवविक्रम शाहको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको हो । 

कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टका अनुसार सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कांग्रेसले लिनेछ।

सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढा मन्त्री बन्ने छन्।

मन्त्रीहरूको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइएको विष्टले जानकारी दिनुभएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्