Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा शुन्य बेरुजु अभियान : ताकेतालाई वेवास्ता गरे कालोसूचीमा राखिने

शुक्रबार, साउन १८, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बेरुजु फर्च्यौटका लागि ताकेता गरेको छ । 

नगरपालिकालाई शून्य बेरुजु भएको पालिका बनाउनका साथै थप सुशासन कायम गर्न बेरुजु फर्च्यौटलाई ताकेता गरिएको नगरपालिकाले जनाएको छ । 

नगर पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालका अनुसार प्रतिवेदनमा बेरुजू उल्लेख भएबमोजिम रकम दाखिला नगर्ने तथा कागजात उपलब्ध नगराउने १३५ व्यक्ति,  संस्था,  फर्मलाई ताकेता पत्र लेखिएको छ । यी निकायलाई सात दिनभित्र रकम दाखिला गर्नुपर्ने भए रकम र कागजात समेत पेश गर्नुपर्ने भए कागजात पेश गर्न भनिएको छ । निमित्त प्रमुख प्रशाकिय अधिकृत ढकालले पत्र पठाएको तीन दिनमा ४० जनाले रकम तथा कागजात पेश गरेको जानकारी दिनुभयो । 

नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ देखि ०७९/०८० सम्म लेखापरीक्षक प्रतिवेदनमा उल्लेख भएको बेरुजु सम्परीक्षण गराउन आर्थिक वर्षको सुरु दुई महिनालाई विशेष प्राथमिकताको कामका रूपमा अघि सारेको छ । गत वर्ष नगरपालिका कार्यालयले लेखापरीक्षणका क्रममा २ करोड ४९ लाख ७२ हजार बेरुजु फर्च्यौट गराएको थियो । नीतिगत तथा कानुनी अस्पष्टता, कानुनहरू आपसमा बाँझ्दा कारण पनि बेरुजु उल्लेख हुने गरेको छ ।  

नगरपालिकाले बेरुजु सम्परीक्षणका लागि लेखा समिति र विषयगत शाखा प्रमुख र कर्मचारीहरूको क्रियाशीलता बढाइएको छ । 

यसका साथै बेरुजु फच्यौटका लागि गरिएको ताकेता पत्रको वेवास्ता गरी बेरुजु फर्च्यौट नगर्ने व्यक्ति, फर्म, संस्थाहरूलाई दोस्रो चरणमा कालोसूचीमा राखी सेवा सुविधा रोक्का गरिने नगरपालिकाले जनाएको छ । त्यसका लागि आवश्यक निर्णय तथा कानुनी व्यवस्थाको समेत तयारी गरिएको नगरपालिकाले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्