Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा चार दिने आधारभूत प्राथमिक उपचार तालिम समापन

शुक्रबार, साउन १८, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट खलंगामा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । 

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम जिल्ला शाखाको आयोजनामा साउन १४ गतेदेखि सुरु भएको आधारभूत प्राथमिक उपचार तालिम बिहिबार समापन भएको हो । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) को आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम जिल्ला शाखाद्धारा संचालित कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको हो ।

तालिममा सानीभेरी तथा त्रिवेणी गाउँपालिका वडा नम्वर ९ र १० साथै सानीभेरी गाउँपालिका वडा नम्वर ४ का वडा प्रतिनिधि, वडा विपद् व्यवस्थापन समिति, स्थानीय आपतकालीन कार्य संचालन केन्द्र, रेडक्रस स्वयंसेवकहरु तथा जिल्ला आपतकालीन कार्य संचालन केन्द्र, उपशाखा तथा जिल्ला शाखाका प्रतिनिधिहरु गरी जम्मा २४ जनाको सहभागिता रहेको सभापति रमा गौतमले जानकारी दिनुभयो । 

तालिमको सहजिकरण सुजन बिक, मोहन पाण्डेय, खेमराज विश्वकर्मा, सुष्मा भण्डारी र सुशिल चौधरीले गर्नुभएको थियो । तालिममा सहभागी सबैलाई १ थान प्राथमिक उपचार किट पनि उपलव्ध गराइएको सभापति गौतमले बताउनुभयो ।

विपद जोखिमको पूर्व तयारी, हामी सबैको साझा जिम्मेवारी भन्ने मूल ध्ययेका साथ तापलम सञ्चालन गरिएको थियो । तालिम पश्चात स्थानीय स्तरमा हुने विपदका घटनाहरुमा प्राथमिक उपचार सेवाको लागि सहयोग हुने विश्वास रेडक्रसले लिएको छ । 

453740674_500936572471500_3267871718480492718_n-1722593273.jpg

453653789_2275175012816357_7393548598641651687_n-1722593044.jpg

453488948_500936515804839_2538129752459428894_n-1722593042.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्