Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहिरोले गोठ पुर्दा नौ बाख्रा मरे, लसुनबारी र क्वाम्मा खोलाका १४ परिवार बिस्थापित

शनिबार, साउन १९, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –८ मा पहिरोले गोठ पुर्दा नौ वटा बाख्रा मरेका छन् ।

गएरातीको अविरल बर्षाको कारण गएको पहिरोले स्थानीय लालजित बुढाको गोठ पुरेको थियो । उक्त पहिरोको कारण गोठमा रहेका नौ वटा बाख्रा पुरिएर मरेको वडा अध्यक्ष जय बहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पुरिएका बाख्रा निकाल्ने काम भईरहेको छ ।

वडा सदस्य हिमकुमार पाण्डेका अनुसार पहिरोको कारण सोहि वडाको लसुनबारी बस्ती उच्च जोखिममा रहेको छ । गाउँमाथिबाट आएको पहिरोको उच्च जोखिममा रहेका लसुनबारीका १० घरपरिवारले घर छोडेका छन् । उनीहरुको घरबाट सामान निकाल्ने काम भईरहेको उहाँले जनाउनुभयो ।

यस बस्तीका ३५ घर जोखिममा रहेकोले पहिरो नियन्त्रण तथा परिवारहरुको आश्रयस्थल आवश्यक रहेको पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोहि वडाको क्वाम्माखोलास्थित बस्ती पनि जोखिममा रहेको छ ।

अहिले यहाँका चार परिवार बिस्थापित भएका छन् । उनीहरुले घर छाडेको र आफन्तको घरमा आश्रय लिएको वडा सदस्य पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्