Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मध्यपहाडि राजमार्गको रुकुम पश्चिम खण्डमा ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध

प्रजिअसहितको टोलीद्वारा स्थलगत अनुगमन
शनिबार, साउन १९, २०८१
tribeni2

मध्यपहाडि राजमार्गको रुकुम पश्चिमखण्ड अवरुद्ध भएको छ । गएराती देखि परिरहेको बर्षाको कारण मध्यपहाडि राजमार्गको शितलपोखरी देखि रुकुम पूर्वको सिमाना खोपीचारसम्म विभिन्न १२ स्थानमा पहिरो गएको बताईएको छ । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार दर्जन स्थानमा पहिरो गएको सूचनापछि जिल्ला सुरक्षा निकायको टोलीले स्थलगत निरीक्षण समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी पन्तको नेतृत्वमा गएको सुरक्षा निकायसहितको टोलीले मुसीकोट नगरपालिका ७ र ८ पुगेर पहिरो गएको स्थानको निरीक्षण गरेको हो । 

प्रमुख जिल्ला अधिकारी पन्तले यसखण्डमा सवारी आवागमन अवरुद्ध रहेको बताउनुभयो । ठाउँ ठाउँमा गाडिहरु रोकिएको उहाँले जानकारी दिनुभयो । पहिरो र खोलामा आएको बाढीले गर्दा बाटो अवरुद्ध भएको उहाँले जनाउनुभयो । 

बाटो खुलाउनको लागि सडक डिभिजन कार्यालय चौरजहारी र मध्यपहाडि राजमार्ग कार्यालयसँग समन्वय भईरहेको उहाँले जनाउनुभयो । रुकुम पूर्व तर्फबाट मध्यपहाडि र पश्चिमतर्फबाट सडक डिभिजन कार्यालयले पहिरो पन्छाउन थालेका छन । तर, धेरै स्थानमा र ठुलो पहिरो भएका कारण आज सडक सुचारु हुने सम्भावना कमै रहेको छ । 

यस खण्डमा भिरालो र अप्ठ्यारो भूभाग रहेको कारण पटक पटक पहिरो जाने गरेको छ । सडक अवरुद्ध हुँदा रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बाग्लुङ, पोखरा, काठमाडौ र रुकुमपूर्वबाट रुकुम पश्चिम हुँदै सल्यान, दाङ, नेपालगञ्ज जाने यातायातका साधनहरु रोकिएका छन् । 

WhatsApp-Image-2024-08-03-at-16.33.20_fd4e8d72-1722683191.jpg

WhatsApp-Image-2024-08-03-at-15.43.29_2c80a303-1722683186.jpg

madhyapahadi_Rukum-(1)-1722683182.jpg

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्