Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटको चिसापानी बजार जोखिममा, सडक पनि अवरुद्ध

शनिबार, साउन १९, २०८१
tribeni2

लगातारको बर्षाको कारण आठविसकोट नगरपालिका - ११ को चिसापानी बजार पहिरो र बाढीको उच्च जोखिममा रहेको छ । 

माथिल्लो क्षेत्र फारुलाबाट आउने पहिरो, बजार छेउको खोला र बजारमूनि रहेको ठुलीभेरीका कारण बजार र बस्ती नै उच्च जोखिममा रहेको छ । 

वडा अध्यक्ष प्रेमबहादुर पुनले फारुलाका नौ घरपरिवारलाई अन्य स्थानमा सारिएको बताउनुभयो । उहाँहरुलाई गाउँमै अन्य घरमा सुरक्षित गरिएको छ भने खोला र पहिरो बढिरहेकोले थप जोखिम बढीरहेको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उक्त वडाको गत्तासैना र चिसापानीमा पहिरोले सडक पुरेको कारण चिसापानी राडि सडकखण्ड अवरुद्ध रहेको जानकारी दिएको छ । बाटो खुलाउने कार्य जारी रहेको प्रहरीको भनाई छ । 

हिजो शुक्रबार पनि चिसापानी बजार छेउको खोलाले सडक बगाएको थियो । आठविसकोट नगरपालिकाले उक्त सडक निर्माणका लागि दिनभर डोजर लगाएको थियो । 

भूकम्पको कारण कमजोर बनेको भूभाग बर्षाको कारण थप जोखिम बनेकोले सतर्क रहन आठबिसकोट नगरपालिकाले सार्वजकि रुपमा अनुरोध गरेको छ । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्