Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एकीकृत समाजवादीको केन्द्रिय सदस्यमा रुकुम पश्चिमबाट केसी, ओली र पुन चयन

शनिबार, साउन १९, २०८१
tribeni2

नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सदस्यमा रुकुम पश्चिमका तीन जना नेता चयन हुनुभएको छ । 

यस अघि पनि पार्टीको पोलिटव्युरो सदस्य रहनु भएका शेरबहादुर केसी, रुकुम पश्चिम ईन्चार्ज देवी ओली र जिल्ला अध्यक्ष बिमल कुमार पुन पार्टीको  केन्द्रीय कमिटी सदस्यमा चयन हुनुभएको हो । 

गत असार १६ गते देखि २० गतेसम्म काठमाडौमा भएको १० औ राष्ट्रिय महाधिवेशनले तत्कालको लागि ९३ केन्द्रीय सदस्य घोषणा गरेको थियो । कमिटीमा केसी मात्र सदस्यमा चयन हुनुभएको थियो । 

शुक्रबार बसेको पार्टी केन्द्रिय कमिटीको बैठकले रुकुम पश्चिमका दुई जना समेत थप गरेर ३४४ सदस्यीय केन्द्रिय कमिटीलाई पूर्णता दिएको हो ।महाधिवेशनकै मेन्डेट अनुरुप केन्दिय्र समितिलाई पूर्णता दिईएको हो । 

महाधिवेशनले पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्