Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जोखिममा रहेको छिङको दलित बस्तीमा राहत वितरण

शनिबार, साउन १९, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ छिङ गाउँको दलितबस्तीका बाढी पहिरो प्रभावित परिवारहरुलाई राहत वितरण गरिएको छ । 

वर्षाको करण पहिरोको जोखिममा रहेका यहाँका २२ घरपरिवार बिस्थापित भएपछि मुसिकोट नगरपालिकाले राहत वितरण गरेको हो । 

मुसिकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष ज्ञानु चन्द्र चन्दका अनुसार नगर प्रमुख महेन्द्र केसी सहितको टोलीले आज प्रभावितस्थलमै पुगेर राहत वितरण गरेको हो । गाउँमूनिको पहिरोको कारण यहाँका २२ घरपरिवार जोखिममा रहेका छन् । केहि परिवार आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् भने केहि परिवार जोखिमपूर्ण घरमै बसिरहेका छन् । 

यस बिषयमा मूलपाटी अनलाईमा पहिरोको उच्च जोखिममा छिङको दलित बस्ती, २२ परिवार बिस्थापित शिर्षकमा समाचार प्रकाशन भएको थियो । 

नगर प्रमुख केसी, विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्वर ९ का वडा अध्यक्ष शशिराम पुन लगायतको टोलीले पहिरोको जोखिममा रहेको बस्तीको स्थलगत निरीक्षण गर्नुका साथै राहत वितरण गरेको हो । 

२२ परिवारलाई दैनिक उपभोग्य खाद्य समाग्रीहरु र त्रिपाल वितरण गरिएको वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो । प्रभावित परिवारहरुलाई त्रिपाल, दाल, चामल, मैदा, तेल, साबुन उपलब्ध गराईएको हो । 

जोखिमका रहेका परिवारहरुलाई स्थनीय विद्यालय र सामुदायिक भवनमा बसाई स्थानान्तरणका लागि अनुरोध गरिएको वडा कार्यालयले जनाएको छ ।

c0013aeb-6108-4040-a3f7-25ec1b93f5df-1722701455.jpeg

453256586_482068097852410_4048097128148920223_n-1722701898.jpg

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्