Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हरियो फाँट र सुन्दर तालले लोभलाग्दो ठूलीदह (फोटो फिचर)

आइतबार, साउन २०, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ७ मा पर्ने ठूलीदह पर्यटकिय स्थलका रुपमा विकसित भईरहेको छ । ‘अग्लो लेक, घना जङगलका बिचको हरियो अनि फराकिलो फाँट, मैदानको मूनितिर रहेको सुन्दर ताल’ यहि मुख्य बिशेषता बोकेको ठूलीदहले पछिल्लो समय पर्यटक तानिरहेको छ । 

आन्तरिक पर्यटकको चहलपहल बढीरहेको ठूलीदह मनसुनको समयमा घुम्न सकिने एक उपयुक्त स्थान हो । जिल्ला सदरमुकामदेखि नजिकै, मध्यपहाडि राजमार्गको छेउमै रहेको यस दहमा जलवायु अनूकुलनमैत्री संरचना समेत निर्माण भईरहेका छन् । 

अन्य दिनहरुमा भन्दा बिदाको दिनमा यहाँ आउने आन्तरिक पर्यटकहरुको संख्या बढीरहेको छ । यहाँ रुकुमपश्चिमा साथै जाजरकोट, रुकुमपूर्व र सल्यानबाट समेत घुम्न आउनेहरुको संख्यामा बृद्धि भईरहेको छ । 

Thulidaha-Rukum-(8)-1722748999.jpg
पौने घण्टाको पैदल दुरीमा बनेको आकर्षण गोरेटो बाटो, ससाना पुल, प्रतिक्षालयले ठूलीदहसम्म पुग्नलाई लालयित बनाउने गर्दछन् । स्थानीय सरकारको पहलमा यो स्थानलाई अझै व्यवस्थित बनाउने कार्य भईरहेको छ । गत वर्ष मुसीकोट नगरपालिकाले यहि स्थानबाट बजेट, नीति तथा कार्यक्रम समेत ल्याएको थियो । 

ठूलीदहका रुपमा रहेको माथिल्लो स्थानमा ठुलो फाँट रहेको छ । यो स्थानमा चरिचरणका लागि ल्याईने गाईभैसी, बाख्राहरुको ओहोरदोहोरले थप रोमाञ्चकता दिईरहेको हुन्छ । जंगलको बिचमा रहेको सुन्दर फाँटमा भिडियो बनाउन, फोटो खिच्न, पिकनिक मनाउन दिनहुँ दर्जनौ व्यक्तिहरु पुग्ने गरेका छन् । 

Thulidaha-Rukum-(2)-1722748986.jpg
ठूलीदहको मूनितिर सानीदह रहेको छ । जहाँ सुन्दर दह रहेको छ । यहि दहले प्राकृतिक सौन्दर्यतालाई बढाईरहेको छ । हरिया फाँट र सुन्दर तालको संयोजनले ठूलीदह पर्यटनको केन्द्र बनिरहेको छ । 

वडा अध्यक्ष एक्कबहादुर पाण्डेका अनुसार ठुली दह पर्यटकिय र धार्मिक रुपले पनि चर्चित रहेको छ । सोहि वडाको तल्लो क्षेत्रमा सुन्दर साँख गाउँ रहेको छ । साँखमा खडेरी परेमा गाउँलेहरु ठूलीदहमा पुगेर पूजापाठ गर्छन् । यहाँ आएर पूजापाठ गरेका पानी पर्छ भन्ने विश्वास स्थानीयको रहेको छ । 

Thulidaha-Rukum-(9)-1722749014.jpg

Thulidaha-Rukum-(6)-1722748993.jpg

Thulidaha-Rukum-(7)-1722748992.jpg

454005818_2823828591091152_2554627700860231719_n-1722748982.jpg

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्