Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विज्ञान पढ्नेलाई चौरजहारी नगरपालिकाद्वारा छात्रबृत्तिको व्यवस्था

आइतबार, साउन २०, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले विज्ञान बिषय पढ्ने बिद्यार्थीहरुलाई छात्रबृत्तिको व्यवस्था गरेको छ । 

विज्ञान विषय पढ्ने विद्यार्थीहरुको रुचि हराउँदै गएको र संख्या समेत कम हुँदै गएकाे कुरालाई मध्यनजर गर्दै नगरपालिकाले छात्रबृत्ति दिने व्यवस्था गरेको हो । नगरपालिकाको वडा नम्वर ११ मा रहेको हिमालय माध्यमिक विद्यालय खोलागाउँमा २०६४ सालदेखि विज्ञान विषयको पढाई भईरहेको छ । 

उक्त विद्यालयको कक्षा ११ मा विज्ञान विषय पढ्ने ६० जना विद्यार्थीहरुलाई छात्रबृत्तिको व्यवस्था गरिएको नगर प्रमुख पुष्प वादीले जानकारी दिनुभयो । यसका लागि नगरपालिकाको चालु वर्षको नीति तथा कार्यक्रमबाट नै यो योजना पास गरिएको छ । नगर प्रमुख वादीका अनुसार प्रति बिद्यार्थी दश हजारको दरले छ लाख रुपियाँ विज्ञान पढ्ने बिद्यार्थीहरुलाई छात्रबृत्ति दिईनेछ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालका अनुसार विज्ञान प्रविधिको अध्ययनलाई सर्वसुलभ बनाई समयसापेक्ष प्राविधिक जनशक्ति निर्माण गर्न छात्रबृत्ति दिने कार्यक्रम ल्याईएको हो । उहाँले चौरजहारी र आसपासको क्षेत्रलाई लक्षित गरेर यो कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

विज्ञान विषय अध्ययन गर्ने बिद्यार्थीहरुको संख्या कमी हुँदै गएको र त्यसको असर विज्ञान र गणित बिषयका शिक्षकहरु पाउँनै मुश्किल हुने गरेको ढकालले उल्लेख गर्नुभयो । बार्षिक ६० जना बिद्यार्थी विज्ञान प्रविधितर्फका उत्पादन गरेर उक्त समस्या समाधान गर्ने उद्धेश्य नगरपालिकाले लिएको छ । 

WhatsApp-Image-2024-08-04-at-13.02.17_5c6d3570-1722756485.jpgहिमालय मावि खोलागाउँका सहायक प्रधानाध्यापक हिराबहादुर ओलीले नगरपालिकाको यस कार्यक्रमले विज्ञान पढ्न चाहनेहरुमा उत्प्रेरणा जाग्ने बताउनुभयो । यस विद्यालयमा २०६४ सालदेखि विज्ञान संकायको पढाई सञ्चालित छ । नगरपालिकाको नीति तथा कार्यक्रममै समावेश भएको यस व्यवस्थाले ६० जना विद्यार्थीहरुले अब निशुल्क विज्ञान पढ्न पाउने विद्यालयको भनाई छ । 

अहिले नयाँ भर्नाको समय भएकोेले विज्ञान पढ्न आउनेहरुको संख्या बढ्ने सहायक प्रधानाध्यापक ओलीको भनाई छ । यस विद्यालयमा विषयगत शिक्षकहरुद्धारा विज्ञान, कृषि जेटिए लगायतको पढाई हुने गरेको छ । 

यस विद्यालयमा निशुल्क रुपमा कृषि जेटिएको समेत पढाई भईरहेको छ । अघिल्लो शैक्षिक सत्रमा यस विद्यालयबाट समावेश भएका एसइई तर्फका ९६ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका थिए । पछिल्लो समय हिमालय माविले शैक्षिक क्षेत्रमा गुणस्तरतासँगै अब्बल स्थान हाँसिल गर्दै गईरहेको छ । 

WhatsApp-Image-2024-08-04-at-13.02.18_2dbfa338-1722756488.jpg

WhatsApp-Image-2024-08-04-at-13.02.17_7747c25f-1722756486.jpg

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्