Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

आइतबार, साउन २०, २०८१
tribeni2

सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेपाली कांग्रेसको तर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो ।

जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा रहनुभएको छ । नवनियुक्त मन्त्रीले आज आइतबार पदभार ग्रहण गर्नुभएको छ । 

८ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ मन्त्रालय कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत  लिनुहुने भएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्