Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मध्यपहाडी राजमार्गको मुसिकोट - रुकुमकोट सडकखण्ड सुचारु 

आइतबार, साउन २०, २०८१
tribeni2

मध्यपहाडी राजमार्गको रुकुम पश्चिमखण्ड खुलेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका -८ रिनदह आसपासका विभिन्न स्थानमा झरेको पहिरोको कारण शनिबार बिहानदेखि सडक अवरुद्ध रहेको थियो ।मुसिकोट नगरपालिकाको डोजर र अन्य निकायको समन्वयमा पहिरो हटाएसँगै आईतबार दिउँसोबाट सडक सूचारु भएको हो । 

मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले वर्षाका कारण विभिन्न ठाउँमा पहिरो झर्दा अवरुद्ध भएको मध्यपहाडी राजमार्गमा यातायात सूचारु भएको जानकारी दिनुभयो । 

सडक खुलेसँगै रोकिएका यातायातका साधनहरु चल्न थालेका छन् । यस स्थानमा बेला बेलामा पहिरो जाँदा यातायातका साधनहरु रोकिने गरेका छन् भने यात्रुहरुले सास्ती पाउने गरेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्