सोसल मिडिया
जिल्ला अस्पताल रुकुम पूर्वलाई ६ लाख २५ हजार बढीको सामाग्री प्रदान गरिएको छ ।
व्लड बैंक स्थापना, सर्पदंश उपचार केन्द्र स्थापना र बिशेष नवराज शिशु स्याहार इकाईलाई सहयोग गर्नको लागि विभिन्न सामाग्रीहरु उपलब्ध गराईएको हो ।
फेयरमेड फाउन्डेशन, सर्वाङ्गिण विकास केन्द्र (एचडिसी) नेपाल ग्रामिण स्वास्थ्य सुधार परियोजनाद्वारा जिल्ला अस्पताल रुकुम पूर्वललाई सामाग्रीहरु उपलब्ध गराईएको हो ।
परियोजना संयोजक उदय केसीका अनुसार जिल्ला अस्पताल रुकुम पूर्वका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र राज कोईरालालाई ६ लाख २५ हजार ४११ रुपियाँ बराबरका स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरिएको हो ।
संयोजक केसीका अनुसार जिल्लामा ब्लड बैंक स्थापनाका लागि एक लाख २४ हजार ६६ रुपियाँ बराबरका सामाग्रीहरु उपलब्ध गराईएको छ । जिल्लामा ब्लड बैंक नरहेको र आपतकालिन अवस्थामा रगतको आपूर्तिमा सहजता दिलाउन २३० लिटरको रेफ्रिजेटर, व्यलड ब्याग, स्टेब्लाईजर, ह्युमन ग्लोबिन हस्तान्तरण गरिएको हो ।
त्यसैगरी बिशेष नवजात शिशु स्याहार इकाईलाई दुई लाख ७०६ रुपियाँ बराबरका सामाग्री उपलब्त्र गराईएको छ । कम तौल जन्मिएका बच्चा, जन्मने बित्तिकै अत्याधिक चिसो र बिभिन्न रोगको संक्रमणबाट बचाउन पोर्टएवल डप्लर, ईन्कुबेटर सेट, रुम टेम्प्रेचर, डिजिटल वेईङ मशिन, प्यासेन्ट मनिटर, सक्शन मेशिन, नेबुलाईजर लगायतका सामाग्रीहरु उपलब्ध गराईएको हो ।
जिल्लामा सर्पले टोकेका बिरामीहरुलाई बचाउनको लागि सर्पदंश उपचार केन्द्र स्थापना अत्यावश्यक रहेकोले समेत केहि सामाग्रीहरु सहयोग गरिएको छ । यसका लागि तीन लाख ४० रुपियाँ बराबरका अत्यावसकिय भ्याक्सिन तथा सामाग्री प्रदान गरिएको परियोजना संयोजक केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार फेयरमेड फाउन्डेशनकै सहयोगमा लुम्बिनी प्रदेश तालिम केन्द्रमा दुई जना चिकित्सकलाई सर्पदंश उपचारको लागि तालिम समते प्रदान गरिएको थियो । अहिले जिल्ला अस्पतालमा उपचार प्रक्रिया सुरु भएको छ ।
फेयरमेड फाउन्डेशनका अधिकृत दानबहादुर कार्की, नेपाल ग्रामिण स्वास्थ्य सुधार परियोजनाका परियोजना संयोजक उदय केसीले अस्पताललाई सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।