Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लुटेराद्वारा हत्या गरिएका बाँफिकोटका दिपकको अमेरिकामै अन्त्येष्टि

आइतबार, साउन २०, २०८१
tribeni2

गत आईतबार बिहान अमेरिकाको टेक्सासमा हत्या गरिएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १० सेजे गाउँका ३० वर्षिय दिपक ओलीको आज अमेरिकामै अन्त्येष्टि गरिएको छ । 

अमेरिकी समय अनुसार आईतबार बिहान करिब १० बजेको समयमा उहाँको अन्तिम दाहसंस्कार गरिएको बाँफिकोट गाउँपालिका -६ मग्मा घर भई हाल अमेरिकामा रहनु भएका समाजसेवी गोर्ख कुसारीले जानकारी दिनुभयो । हत्यापछि दिपकको शव अस्पतालमा राखिएको थियो । पोष्टमार्टम लगायतको प्रक्रियापछि अस्पतालले आफन्तजनलाई शव दिएपछि आज दाहसंस्कार गरिएको कुसारीले जनाउनुभयो । 

अमेरिकाको Providence-Jones Family Funeral Home, 604 State Hwy 95, Elgin, TX 78621 मा उहाँको शवको अन्तेष्टि गरिएको हो ।दिपकको अन्तिम दाहसंस्कार कार्यक्रममा सयौ नेपालीहरुको उपस्थिति रहेको थियो । 

गत आईतबार बिहान टेक्सासस्थित वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत दिपकलाई बन्धुकधारी लुटेरा समूहले गोली हानेका थिए । ग्याँस स्टेसनलाई लुटिनाबाट जोगाउन लागेका दिपकको घटनास्थलमै मृत्यु भएको थियो । 

दिपकको घरमा बुवा, आमा, श्रीमति, छोरी, दुई भाई हुनुुहुन्छ ।
453772505_278481022023617_3201347933626869378_n-1722788713.jpg
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्