Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्यालापाखामा स्तनपान सम्बन्धी अन्तरक्रिया

सोमबार, साउन २१, २०८१
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिका –८ स्थित स्यालापाखा स्वास्थ्य चौकीमा स्तनपान सम्बन्धी अन्तरक्रिया गरिएको छ । 

विश्व स्तनपान सप्ताहको अवसरमा हजार दिने आमाहरु बिचमा अन्तरक्रिया गरिएको हो । 

फेयरमेड फाउन्डेशन, सर्वाङगिन विकास केन्द्रको परियोजना कार्यालय रुकुम पूर्वको सहयोग तथा स्वास्थ्य कार्यालय रुकुम पूर्व र सिस्ने गाउँपालिकाको समन्वयमा “स्तनपानमा समानता स् सबैको सहयोग र सहभागिता" भन्ने मुल नाराका साथ अन्तरक्रिया गरिएको हो । 

कार्यक्रममा स्यालापाखा स्वास्थ्य चौकीका जन स्वास्थ्य निरीक्षक गिरभान पुनले पूर्ण स्तनपानको परिचय र महत्व, स्तनपानका सहि आसन र सम्पर्क, स्तनपानका फाईदा, बिगौती दुधको फाईदा, स्तनपानको बेला सरसफाई लगायतका बिषयमा जानकारी दिनुभएको थियो । 

उक्त कार्यक्रममा ३५ जना आमाहरुको सहभागिता रहेको फेयरमेड फाउन्डेशन र सर्वाङ्गिण विकास केन्द्र (एचडिसी) नेपालकाे साझेदारीमा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाका संयोजक उदय केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा सर्वाङ्गिन विकास केन्द्रमा लेखा तथा प्रशासन अधिकृत रामचन्द्र केसी र सामाजिक परिचालक शुशिला खड्काको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्