Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको रिनदह नजिकै जिप दुर्घटना, चालक घाईते

सोमबार, साउन २१, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ र ८ को सिमाना रिनदह नजिकै जिप दुर्घटना भएको छ । 

सोमबार बिहान मुसिकोट खलङगाबाट रुकुम पूर्वको रुकुमकोटतर्फ जाँदै गरेको रा १ च १३१७ नम्वरको सामान बोक्ने पिकप जिप मध्यपहाडि राजमार्गको सडकखण्डमा दुर्घटना भएको हो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नवराज पोरखेलका अनुसार दुर्घटनामा मुसिकोट नगरपालिका ८ घोरखानी निवासी जिप चालक १९ वर्षिय डम्मर खड्का घाईते हुनुभएको छ । जिप उकालाेमा चढ्ने क्रममा पल्टिन जाँदा चालक च्यापिएर घाइते भएको बताईएको छ । 

डिएसपी पोखरलेका अनुसार गाडिका सह चालक त्रिवेणी गाउँपालिका १० निवासी १७ वर्षिय जय प्रकाश गौतम भने सकुशल रहेको बताईएको छ । 
घटनाको थप विवरण आउन बाँकि रहेको छ । घटनास्थलमा नेपाल प्रहरी, मुसिकोट नगर प्रहरी पुगेर उद्धारको काम भईरहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्