Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

सोमबार, साउन २१, २०८१
tribeni2

सुर्खेत।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। 

नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले ७ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको थियो। २७ चैत २०८० मा नेकपा माओवादी केन्द्रको समर्थनमा कँडेल मुख्यमन्त्री बन्नुभएको थियो।

४० सदस्यीय प्रदेशसभामा सत्ता गठवन्धनका पक्षमा स्वतन्त्रसहित २३ जना प्रदेश सभा सदस्यहरुले मतदान गर्नुभएको थियो। मतदानमा ३७ जना प्रदेश सभा सदस्यहरु सहभागी भएकोमा विपक्षमा १४ मत परेको थियो। 

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका सभामुखसहित १०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक-एक प्रदेश सभा सदस्य हुनुहुन्छ। 

कांग्रेसका १४ प्रदेश सभा सदस्य मध्ये संसदीय दलका नेता जीवनबहादुर शाही र राप्रपा प्रदेश सभा सदस्य सन्तोषी शाही अनुपस्थित हुनुभयो। 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्