Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
एक विपद् माथि अर्को विपद्

भूकम्पले घर ढल्यो, पहिरोले टहरो बग्यो

जग्गा भाडामा लिएर त्रिपालमूनी बास
मंगलबार, साउन २२, २०८१
tribeni2

रुकुम पश्चिम । गत वर्ष कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले मानविय र भौतिक क्षति बेहोरेका रुकुम पश्चिमवासीले यतिबेला मनसुनजन्य विपदबाट उस्तै क्षतिको सामना गरिरहेका छन् । 

भूकम्पले घर भत्काएपछि टहराको सहाराका दैनिकी गुजारीरहेका मध्य अधिकांश प्रभावित परिवार त्रासमै रात बिताउने गरेका छन् भने कतिले त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । 

सबैभन्दा बढी आठविसकोट नगरपालिका क्षेत्रका भूकम्प प्रभावित परिवारले नै बाढी पहिरोको जोखिम मोलिरहेका छन् । आठबिसकोट नगरपालिका –११ फारुलागाउँका नरबहादुर खड्काले एउटा विपद्को घाउ पुरिना नपाउँदै अर्को विपद्ले घर न घाटको अवस्थामा पु¥याएको दुःखेसो गर्नुभयो । भूकम्पले घर भत्काउँदा भाग्यले बाँचिएको तर बर्षाले त्रास दिईरहेको उहाँले बताउनुभयो ।

खड्काले भन्नुभयो, ‘भूकम्पले घर ढल्यो, अहिले बस्नलाई बनाएको अस्थायी टहरा पहिरोले लग्यो ।’ फारुलागाउँका आठ वटा अस्थायी आवास पहिरोले क्षती गरेको छ । यहाँका ४५ घर अझै पहिरोको उच्च जोखिममै छन् । 

अहिले बाढी पहिरो प्रभावित परिवारलाई सुरक्षित बासस्थान र खाद्यन्नको जरुरत परेको छ । वडा कार्यालयले दिएको एउटा त्रिपाल, कम्बल र एउटा बाल्टीको भरमा प्रभावित परिवारको दैनिकी बितेको छ । 

सोही गाउँकी बिर्मी नेपालीले पहिरोले टहरा बगाएपछि त्रिपालको भरमा बर्षायाम काटिरहेको बताउनुभयो । गाउँ माथिको साउनेपानीबाट पहिरो आउनु अघि सबै टहराबाट निस्किएकोले बाँच्न सफल भएको तर खाद्यन्न लगायतका सामान जोगाउन नसकिएको उहाँले जनाउनुभयो । भूकम्पले घर भत्काएपछि सरकारले दिएको अनुदान रकमले टहरा बनाएर बस्दै आएका यहाँका दर्जनौ परिवार त्रिपालमूनि सरेका छन् । नेपालीले भन्नुभयो, ‘सरकारले दिएको पहिलो किस्ता र थप केहि रकम जोहो गरेर टहरा बनाएर बसेका थियौ, तर दोश्रो किस्ता नपाउँदै पहिरोले टहरा नै भत्काईदियो, हामीलाई आपतै आपत आईलागेको छ ।’ साउन १ गते वडा नम्वर १२ मा बाढीको कारण टहरामा सुतेका तीन बालिकाको मृत्यु भएको थियो । 

जग्गा भाडामा लिएर त्रिपालमूनी बास

Tripalko-basai_Rukum_Raju-(1)-1722927821.jpegफारुला बस्तीका १६ परिवारलाई स्थानीय खलबहादुर घर्तीको जग्गामा त्रिपाल टाँसेर राखिएको छ । घर्तीको जग्गा वडा कार्यालयले भाडामा लिएर पहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेको हो । ती परिवारको अन्यत्र बस्न लायक जग्गा नभएको, सुन्तलाबारी, मकै खेती समेत पहिरोले बगाएको वडा अध्यक्ष प्रेमबहादुर पुनले जानकारी दिनुभयो । 

फारुलाबस्ती जस्तै यहि वडाको चिसापानी, गोईरी, डाडाँगाउ लगायतका बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । वडा अध्यक्ष पुनले एउटा विपद नसकिदै अर्को विपद् थपिएको जनाउनुभयो । चिसापानीका ६४ घर पहिरोको जोखिममा रहेका छन् भने ३० परिवारले घर छोडेर अन्यत्रै आश्रय लिएका छन् । गोईरी गाउँका २० घर जोखिममा रहेका छन् । यहाँका चार परिवारलाई त्रिपालको सहारामा बसेका छन् । 

मनसुजन्य घटनामा परेर पाँच जनाको मृत्यु, एक बेपत्ता

भूकम्पपछि यहाँका अधिकांश बस्ती र घर बाढी पहिरोको जोखिममा रहेका छन् । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार मनसुनजन्य घटनाको कारण आठबिसकोट र मुसीकोटमा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनुभएको छ ।

यस अवधिमा १६ वटा पशुचौपायाको मृत्यु भएको, १८ वटा घर, १२ वटा पानी घट्ट र एउटा विद्यालय भत्किएका छन्  । बाढी पहिरोको कारण जिल्लाभर २८३ घरपरिवार बिस्थापित भएका छन् भने दुई हजार सात सय घरधुरी जोखिममा रहेका छन् । 

453967510_1528892534719502_9206030443130477250_n-1722928058.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्