Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हराएका दाजुबहिनी बाटो मै भेटिए 

मंगलबार, साउन २२, २०८१
tribeni2

सल्यानमा बिद्यालय नगएर हराएका दुई बालबालिका फेला परेका छन् । 

जिल्लाको सिद्धकुमाख गाउँपालिका ४ सौडोटा निवासी टेकबहादुर चलाउनेका ९ बर्षिय छोरा प्रेम चलाउने र ७ वर्षिया छोरी रितु चलाउनेलाई प्रहरीले फेला पारेको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जनता कालिका आधारभुत विद्यालय टिलालीमा कक्षा १ मा अध्ययन गर्ने  प्रेम र निजको बहिनी हिजो सोमबार घरबाट बिद्यालय जाने भएर गएका थिए । विद्यालयमा पढ्न गएका छोराछोरी बेलुका सम्म घर नआएपछि प्रहरी चौकी ढोरचौरमा सूचना प्राप्त भएको थियो । 

बालबालिका हराएको सूचना लगत्तै प्रहरीले बिद्यालयमा बुझ्दा बिद्यालयमा नगएको एकिन भएको थियो । 

हराएका ती दाजुबहिनीको खोजीको लागि आज जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयसँगको सहकार्यमा बालबालिकाको खोजी कार्य गरेको थियो । 

खोजी गर्ने क्रममा शारदा नगरपालिका वडा नम्वर ६ घट्टेखोला सडक छेउमा हिडीरहेको अवस्थामा ती बालबालिकालाई फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरुको स्वास्थ्य परिक्षण गराएर अभिभावकको जिम्मा लगाईएको सल्यान प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्