Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा बोलेरो जीप दुर्घटना, १५ जना घाइते

मंगलबार, साउन २२, २०८१
tribeni2

जाजरकोट। जाजरकोटको भेरी नगरपालिका ६  गंज जङ्गलमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।  मङ्गलबार दिउँसो सदरमुकाम खलङ्गाबाट भेरी नगरपालिका ६ भेरे जान लागेको ग १ ज ७७११ नम्बरको बोलेरो जीप सोही नगरपालिकाको वडा नम्बर ६ को  गंज जङ्गलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले  जानकारी दिएको छ ।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बोलेरो जीप दुर्घटना भए लगत्तै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गए पनि क्षतिको विवरण आइनसकेको जानकारी दिनुभयो । 

दुर्घटनास्थलमा खटिनुभएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी माधव विश्वकर्माले १५ जना यात्रु सवार सबै घाइते भएको र केही गम्भीर घाइते भएका छन् । 

जीपका चालक भेरी नगरपालिका ६ का मानबहादुर वली रहेको खुलेको छ । घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल जाजरकोट ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्