Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेकपाद्वारा आठबिसकोट नगर अस्पताललाई २० प्रकारका औषधि प्रदान

मंगलबार, साउन २२, २०८१
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताललाई विभिन्न थरिका औषधि प्रदान गरिएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमले मंगलबार विभिन्न २० प्रकारका औषधि अस्पताललाई हस्तान्तरण गरेको हो । 

मौसम परिर्वतनको कारण बिरामीहरुको संख्या बढीरहेको र आपतकालिन अवस्थामा औषधिको अभाव हुन नदिन नगर अस्पताललाई औषधि हस्तान्तरण गरिएको नेकपा निकट युवा संगठनका केन्द्रिय सदस्य महेश सीले जानकारी दिनुभयो । 

मनसुनजन्य विपदका घटनाहरु दिनहुँ भईरहेको र यस्तो बेलामा अस्पतालमा औषधि अभाव नहोस् भनेर मानविय हिसाबले पार्टीले उक्त औषधिहरु व्यवस्थापन गरेको उहाँको भनाई छ ।  

पार्टीका केन्द्रिय कमिटी सदस्य छलाङग सी र युवा संठगनका केन्द्रिय सदस्य महेश सीले आठबिसकोट नगर अस्पताललका निमित्त प्रमुख धनञ्जय रिजाललाई अस्पतालमै पुगेर औषधि उपलब्ध गराउनु भएको हो । 

निमित्त प्रमुख रिजालले विभिन्न २० थरिका औषधि अस्पताललाई प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताललाई नियमित चाहिने औषधिहरु प्राप्त भएको छ । ज्वरो, झाडापखाला, ग्याष्ट्रिक, रुघाखोकी लगायतका औषधिहरु, माक्स, ईन्जेक्सन लगायतका सामाग्रीहरु प्राप्त भएका हुन् । 

अस्पताललाई दिईएको औषधिहरुको विवरण :

9dd69be8-f094-4530-9bcd-7709b20fe00e-1722961795.jpeg
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्