Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा घर भित्रै एक महिला मृत फेला

गहना लुटेर हत्या गरिएको आशंका
बुधबार, साउन २३, २०८१
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरीमा एक महिलाको घरभित्रै शव फेला परेको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ४ लामाचौरमा अन्दाजी ४५ वर्षिया शुसिला मल्लको आफ्नै घरमा शव फेला परेको वडा अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मल्लको गहना लुटेर हत्या गरिएको आशंका गरिएको छ । मंगलबार राति हत्या भएको हुन सक्ने आशंका गरिएपनि शव  बुधबार विहान फेला परेको हो । 

शुसिलाको घरमा यतिवेला शुसिला र उहाँको बुहारी मात्रै छन ।  तीन छोरा रोजगारीको शिलशिलामा बाहिर रहेको समेत वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो । 

घटनास्थलमा प्रहरी भर्खरै मात्र पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटना रहस्यमय रहेको र अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले उल्लेख गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्