Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एक पाइलट र चार यात्रु सवार हेलिकप्टर नुवाकोटमा दुर्घटना

बुधबार, साउन २३, २०८१
tribeni2

नुवाकोटको शिवपुरी ७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

हेलिकप्टरमा एक पाइलट र चार यात्रु सवार रहेको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिनुभएको छ ।
नुवाकाेटमा बुधबार दिउँसाे दुर्घटनामा परेकाे एयर डाइनेस्टीको हेलिकोप्टरमा चार जना चिनियाँ नागरिक रहेकाे खुलेकाे छ । उक्त हेलिकाेप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । 

काठमाडाैंबाट उडेकाे तीन मिनेटमै हेलिकाेप्टर सम्पर्कविहीन भएकाे थियाे । 

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंबाट स्याँफ्रुबेँसीका लागि १ बजेर १४ मिनेटमा हेलिकोप्टर उडेको थियाे ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्