जंगली बँदेलको शिकार गरेको आरोपमा मुसिकोटका महतारा र केसी पक्राउ

बिहीबार, साउन २४, २०८१

रुकुम पश्चिममा जंगली बँदेलको अवैध शिकार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमले जंगली बँदेलको अवैध शिकार गरेको कसुरमा दुई जनालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १ वस्ने ३७ बर्षिय काली बहादुर महतारा र सोहि नगरपालिका वडा नम्वर ६ निवासी २३ बर्षिय समिर केसी रहेको डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिभिजन वन कार्यालयको टोलीले गत असार २५ गते मुसिकोट नगरपालिका वडा नम्वर ६ स्थित पानाखोला जंगलबाट जंगली बँदेलको मासु बरामद गरेको थियो ।

उक्त कार्यमा संलग्न भएको आरोपमा महतारा र केसीलाई पक्राउ गरिएको हो । उहाँहरु बिरुद्ध वन ऐन अनुसार मुद्धा चलाईने बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्