Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सीता एअरको जहाज बँदेलसँग ठोक्कियो, तीन ओटा बदेल टुक्रा टुक्रा

यात्रुहरु सुरक्षित
२०७८ कार्तिक १६
tribeni2

नेपालगञ्ज / नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । जहाज आज बिहान तीन ओटा बँदेलसँग ठोक्किएको हो ।

बिहान ७ बजे नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एअरको 9N-AHB नम्बरको डोर्नियर जहाज बँदेलसँग ठोक्किएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले बताउनुभयो ।

अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । जहाजमा तीन जना चालक दलका सदस्यसहित १४ जना यात्रु थिए । जहाजमा सामान्य क्षति बाहेक यात्रु सुरक्षित रहेको सीता एअरले जनाएको छ ।

धावनमार्गमा गुडिरहेको बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो अनुभूति भएपछि पाईलटले जहाज उडान रोकेका थिए । त्यपसछि मात्र जहाज ठोकिएको थाह भएको थियो ।

जहाड रोकेर हेर्दा तीन ओटा बदेल टुक्रा टुक्रा अवस्थामा फेला परेको बताईएको छ । बदेलका टुक्राहरु यत्रतत्र भएका थिए ।

बिमानस्थल आसपासमा बाक्लो वन जंगल र बुट्यान भएका कारण बदेल बिमानस्थलमा छिरेको बताईएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्