Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
उच्च शिखर आरोहण

रुकुमका बमबहादुरद्वारा युरोपको उच्च शिखर एल्ब्रुसको सफल आरोहण

हिमालबाटै समानताको सन्देश 
बिहीबार, साउन २४, २०८१
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –१० अर्माडाँडा घर भई हाल काभ्रेको खानीखोला गाउँपालिकामा नायब सुब्बा पदमा कार्यरत बमबहादुर बि.क.ले युरोप महादेशको रुसमा रहेको एल्ब्रुस हिमालको सफल आरोहण गर्नुभएको छ । सात महादेशका उच्च हिमाल चढ्ने क्रममा निजामती कर्मचारी रहनुभएका उहाँले एल्ब्रुस आरोहण गर्नुभएको हो । 

८ अगस्तका दिन स्थानीय समय अुनसार बिहान ७ः११ बजेको समयमा एल्ब्रुस हिमालमा नेपालको झण्डा फराउन सफल भएको बमबहादुरले जानकारी दिनुभयो । उहाँले नेपालको निजामती कर्मचारीको रुपमा पहिरो पटक उक्त हिमाल आरोहण गरेको दाबी गर्नुभयो । उक्त हिमाल पाँच हजार ६४२ मिटरको उचाईमा रहेको छ । आरोही बमबहादुरले ‘हामी पनि सक्छौ’ भन्ने मूल उद्धेश्यका साथ हिमाल चढेको बताउनुभयो । 

यस अघि उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसक्नुभएको । उहाँले जेठ ६ गते बिहान ५ः५७ बजे सगरमाथाको सफल आरोहण गर्नुभएको हो । यसका साथै उहाँले दक्षिण अमेरिकाको सबैभन्दा उच्च शिखर एकान्कागुवा सन् २०२४ फ्रेबुअरी १५ मा सफल आरोहण गरेको जानकारी दिनुभयो ।

त्यसैगरी अफ्रिका महादेशको सबैभन्दा उच्च शिखर किलिमन्जरो सन् २०२३ सेप्टेम्बर २७ मा सफल आरोहण गर्नुभएको थियो । बमबहादुर यी दुबै हिमाल (एकान्कागुवा र किलिमन्जरो) आरोहण गर्ने नेपालको पहिलो निजामती कर्मचारी हुनुहुन्छ । 

उहाँले नेपालको किलर माउण्टेनको रुपमा परिचित मनास्लु हिमाल २०७६ असोज ६ गते आरोहण गर्नुभएको थियो । यो पनि नेपालको निजामती कर्मचारीको तर्फबाट पहिरो आरोहण भएको उहाँको भनाई छ । त्यसैगरी उहाँले लोबुचे पिक हिमालको २०७८ बैशाख ११ गते सफल आरोहण गरिसक्नुभएको छ । 

Bambahadurbk-(1)-1723130343.jpg

हिमालबाटै समानताको सन्देश 

बमबहादुरले ‘सबै मानव समान हुन्, विभेदको गरिनु हुँदैन’ भन्ने सन्देश दिन आफू हिमाल चढ्ने अभियानमा रहेको बताउनुुभयो । उच्च शिखर आरोहण कार्यलाई समानताको सन्देशको माध्याम बनाउन चाहेको उहाँले उल्लेख गर्नुभयो । सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक रूपमा पछाडि परेको वा पारिएको समुदायको एक पात्रको रूपमा आफ्नो प्रतिनिधित्व उच्च शिखरमा रहेको उहाँको भनाई छ । 

बमबहादुरले संविधानले नै जातीय रूपमा छुवाछुतलाई जघन्य अपराधको रूपमा स्वीकार गरेको परिप्रेक्ष्यमा सबै धर्म, जातजाति, वर्ग, लिङ्ग तथा समुदाय समान हुन भन्ने सन्देश दिन हिमाल पुगेको जनाउनुभयो । सरकारी सेवाका क्रममा विभिन्न जिल्लाहरुमा जाँदा जातिय विभेद व्याप्त रहेको आफूले नै भोगेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘धेरै ठाउँमा परिचय गर्ने बेला आफूले बिक थर बताएपछि विभेद भोगेको छु ।’ त्यसलाई सात महादेशका उच्च हिमालहरु आरोहण गरेर जातिय छुवाछुत तथा भेदभाव विरुद्ध सन्देश दिने सोच बनाएर हिमाल आरोहण गरिएको उहाँले जनाउनुभयो । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्