Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एउटै वडाका सात विद्यालयमा खेलकुद र शैक्षिक सामाग्री वितरण

बिहीबार, साउन २४, २०८१
tribeni2

रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १४ का सात विद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

स्थानीय चन्द्रबहादुर बिष्टले वडाका सात वटा विद्यालयमा फुटबल, भलिबल, भलिबल नेट, कपी र कलम उपलब्ध गराउनुभएको हो । बिष्टका अनुसार एउटा विद्यालयमा दश हजारको दरले ७० हजार बराबरको शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको छ । 

वडाको प्रभात माध्यमिक विद्यालय दोपाई, चन्द्रगंगा आधारभूत विद्यालय त्रिशुले, दियो आधारभूत विद्यालय छिबाङ खोला, जनप्रिय आधारभूत विद्यालय सतिपोले, जनहित आधारभूत विद्यालय लोरीबाङ, जनजागृति आधारभूत विद्यालय घुएलडाँडा र ज्ञानकुञ्ज आधारभूत विद्यालय झिमडाँडामा उक्त सामाग्री सहयोग गरिएको हो । 

विद्यालयहरुमा सरोकारवाला निकायको चासो बढाउन आफूले व्यक्तिगत सहयोग गरेको बिष्टले बताउनुभयो। शैक्षिक सामाग्री प्राप्त गरेपछि विद्यालयहरूले उहाँलाई धन्यवाद समेत दिएका छन्। - घनश्याम खड्का

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्