Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपाल निर्माण उद्योग परिषदको जिल्ला अध्यक्षमा टंक सन्यासी सर्वसम्मत

बिहीबार, साउन २४, २०८१
tribeni2

रुकुम पश्चिम । नेकपा (एमाले) को जनसंगठन नेपाल निर्माण उद्योग परिषद रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन मुसिकोट नगरपालिका बागबजारस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ । 

बिहिबार सम्पन्न सम्मेलनबाट युवा व्यवसायी टंकलाल सन्यासीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको छ । 

परिषदको उपाध्यक्षमा तिलक मल्ल, सचिवमा छविलाल खत्री र कोषाध्यक्षमा मुना केसी चयन हुनुभएको छ । 

नेकपा (एमाले) मुसिकोट नगर कमिटीका अध्यक्ष गोकर्ण खड्काका अनुसार परिषदको सदस्यहरुमा टंक ओली, राजन कुमार पुन, दिनेश चन्द, थल बहादुर ओली र सुर्य गिरी चयन हुनुभएको छ । 

सम्मेलनमा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, केन्द्रिय सल्लाहकार समिति सदस्य गोविन्द केसी, कर्णाली प्रदेश कमिटी सदस्य कर्ण बहादुर ओली, नेपाल निर्माण उद्योग परिषदका केन्द्रिय सदस्य जीवन केसी लगायतको आतिथ्यता रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्