Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

शुक्रबार, साउन २५, २०८१
tribeni2

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज साउन २५ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । 

कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवम् उपसचिव उत्तम गौतमले जानकारी दिनुभयो ।

श्रावण शुक्ल पञ्चमीको अवसरमा कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय सरकारले गत बैशाख १७ गते मन्त्रिपरिषदबाट गरेकाे थियाे ।

bidanotice-1723164754.jpeg
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्