Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आफैले पढेको दुई विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

शुक्रबार, साउन २५, २०८१
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -२ निवासी युवा प्रकाश सिङले दुई विद्यालयमा शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । 

स्थानीय नवीन आधारभूत विद्यालय र हिस्ने हिमाल माध्यमिक विद्यालयमा अध्ययनरत तीन सय जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । 

प्रकाशले नवीन आविमा कक्षा १ देखि ८ सम्म अध्ययनरत २९१ जना र सिस्ने हिमाल माविमा कक्षा ९ र १० मा पढ्ने १० जना बिद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामाग्री उपलब्ध गराउनुभएको हो । 

आफूले बाल्यकालमा अध्ययन गरेको विद्यालयमा पुगेर बालबालिकाहरुलाई कापी,कलम दिन पाउँदा आफूलाई खुशि लागेको प्रकाशले बताउनुभयो । विद्यालयसँगको भावनात्मक सम्बन्ध रहेको र आफूले शिक्षा आरम्भ गरेको विद्यालयका बालबालिकाको शैक्षिक क्षेत्रमा उत्प्रेरणा तथा शैक्षिक भविष्यको लागि आफूले सानो सहयोग गरेको उहाँको भनाई छ । 

शिक्षक धन सिङ पुनले सकारात्मक सोचका साथ आफूले पढेको विद्यालयमा यसरी सहयोग प्रदान गर्नू प्रशंनिय रहेको बताउनुभयो । गाउँ र शिक्षाको सुधारका लागि चिन्तनशिल व्यक्ति भएकोले पनि प्रकाशले बालबालिकाहरुको अध्ययनमा रुचि बढाउन उक्त सहयोग गरेको उहाँले बताउनुभयो । 

454313052_870247698332540_4691338777583860045_n-1723168968.jpg
454245678_870247604999216_1693697183475662100_n-1723168968.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्