सोसल मिडिया
रुकुम पश्चिममा पहिचान नखुलेका एक व्यक्तिको शवको अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरी र मुसिकोट नगर प्रहरीको संयुक्त टोलीले मुसिकोट नगरपालिका ७ को चयरीपानीमा उक्त शव गाडेर अन्त्येष्टि गरेको हो ।
जिल्ला अस्पताल सल्लेमा उपचाररत पहिचान नखुलेका अन्दाजी ५५ वर्षिय ती पुरुषको साउन १९ गते मृत्यु भएको थियो ।
चिकित्सकले मृत घोषणा गरेपछि ती अपरिचित व्यक्तिको शव घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतका कागजात तयार गरी पोष्टमार्टम पश्चात सल्लेस्थित शव गृहमा राखिएको थियो ।
शवको पहिचान हुन नसकेको र हुलिया परिचत्र गर्दा समेत सनाखत हुन सकेको थिएन । मुसिकोट नगर प्रहरी ईन्चार्ज असई उमेश केसीका अनुसार उक्त शव सडेर दुर्गन्धित हुन थालेपछि आज कानूनी प्रक्रिया अनुसार दाह संस्कार गरिएको हो ।
उक्त व्यक्ति साउन १४ गतेका दिन मुसिकोट नगरपालिका -४ सोलाबाङमा अचेत अवस्थामा फेला परेका थिए । प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल सल्लेमा लिएको थियो ।
सम्बन्धित समाचार...
सोलाबाङमा अचेत अवस्थामा भेटिएका अपरिचित पुरुषको उपचारमा समस्या