Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

श्रीमती संघको बार्षिकोत्सवमा वृक्षारोपण

शनिबार, साउन २६, २०८१
tribeni2

रुकुम पश्चिम । नेपाल प्रहरी श्रीमती संघको ४० औ वार्षिकोत्सवको अवसरमा वृक्षारोपण गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले कार्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवाहरु रोपेर बार्षिकोत्सव मनाएको हो । 

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार बकाईनो, धुपी लगायतका प्रजातिका ६० वटा बिरुवा रोपिएको हो । 

वृक्षारोपण कार्यक्रममा प्रहरी नायब उपरीक्षक नवराज पोखरेल लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, प्रहरी हवल्दार र जवानहरुको सहभागिता रहेको थियो । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमबाट प्राप्त विरुवाहरु आज रोपिएको हो ।

454707375_808665231473388_4361848820087540551_n-1723265386.jpg

454582197_808665424806702_8046558159895634676_n-1723265373.jpg

454890447_808665551473356_6342589644210178271_n-1723265391.jpg

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्