Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

‘भक्ति’ को भेषमा अवैध सम्बन्ध : गाउँलेले चाल पाएपछि महिलाको हत्या !

आइतबार, साउन २७, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -११ माथिल्लो सर्केना निवासी २३ वर्षिय प्रेम मल्ललाई अधिकांशले ‘भक्ति’ भनेर चिन्थे । 

पहेलो बस्त्र धारण गर्ने, त्रिशुल बोक्ने र पहेलो टिका निधारमा लगाउने उनीकहाँ अधिकांश मानिसहरु हात हेराउन जान्थे । मल्ल प्राय गरेर सानीभेरी गाउँपालिका ४ रिम्ना दोभान छेउमा रहेको शिव मन्दिरमा बस्थे । मेलापर्व, पुजापाठमा उनी कहाँ हात हेराउनेहरुको भिड नै हुने गरेको सानीभेरी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष मनोज बुढाथोकीले बताउनुभयो ।  

करिब डेढ वर्ष पहिला उनी सानीभेरी गाउँपालिका -४ को लामाचौर गाउँमा स्थानीयको घरमा भक्तिकै भेषमा करिब १५ दिन बसे । मल्लको बारेमा केहि शंकास्पद कुरा सुनेपछि घरभेटिले घर छोड्न लगाउँदा उनले गाउँ नै छोडेर हिडेका थिए । 

यिनै ‘भक्ति’ अर्थात प्रेम मल्लसँग सानीभेरी गाउँपालिका -४ लामाचौर गाउँकी ४९ वर्षि शुसिला मल्लको रिम्ना मेलामा डेढ वर्ष अघि चिनजान भएको थियो । शुसिला एकल महिला हुनुहुन्छ । तीन भाई छोरा र एक छोरीको आमा शुसिला पनि धर्मकर्म र भक्तिभावमा जोडिनु भएको थियो । घरमा छुट्टै पुजाकोठा थियो । पहेलो बस्त्र लगाउने, पुजापाठमा सहभागि हुने उहाँको दैनिकी थियो ।  

यी दुबै भक्तिहरु बिचमा झाँगिएको प्रेम सम्बन्धले गाउँमा कुरा काट्ने वातावरण बन्दै गईरहेको थियो । तिनै भक्ति प्रेमले शुसिलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

press-meet-police-1723374269.jpg४९ वर्षिय शुसिला र २३ वर्षिय प्रेम बिचको अवैध प्रेम सम्बन्धकै कारण हत्या भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलले रिम्ना मेलामा भएको चिनजान घरमा उठबसको अवस्था सम्म पुगेको र हत्या भएको बताउनुहुन्छ । 

प्रहरीको भनाई अनुसार गत साउन २२ गते राती शुसिलाको घरमै हत्या भयो । भोलिपल्ट २३ गते जिल्ला प्रहरी कार्यालयबाट डिएसपी पोखरेल, इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक नविन मरासिनी र ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक ईश्वर देव गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुग्यो ।

घाँटीमा सल बेरिएको, निधार र शरिरका अन्य भागमा चोट गहिरो चोट लागेको, रक्ताम्य रहेको, घटनास्थलमा फलामको तावा, सिलौटो, लोरो, चम्चा समेत रगतमा लत्पतिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । 

त्यसलगत्तै घटनाको अनुसन्धानको लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी बरिष्ठ नायब निरीक्षक नारायण प्रसाद शर्माको नेतृत्वको बिशेष अनुसन्धान टोली, नेपाल प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश (हाल नेपागञ्ज) प्रहरी निरीक्षक बुद्धि प्रसाद शर्मा र केनाईन शाखा कोहलपुरबाट प्रहरी नायब निरीक्षक बिष्णु पौडेलको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली आएर घटनाको अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान टोलीले घटनास्थलमा मृतकको मोबाईल फेला पारेन । त्यसैको आधारमा हत्यारा पत्ता लगाउन प्रहरीलाई सहज भयो । मोबाईल कुराकानी, स्थानीयसँगको सूचना लगायतका आधारमा प्रहरीले उनै भक्ति अर्थात प्रेम मल्ललाई २५ गते घरबाटै पक्राउ गर्न सफल भयो । मृतकको मोबाईल समेत प्रेमकै घरबाट बरामद गरेको प्रहरीको भनाई छ । 

यतिसम्मकी हत्या गरेपछि लिएर गएको मोबाईलबाट प्रेमले अरु महिलासँग कुराकानी गरेका थिए । मृतकको मोबाईलबाट अन्यसँग भएको कुराकानी पछ्याउँदै जाँदा उनै प्रेमले फोन गरेको पत्ता लागेपछि  भक्ति अर्थात प्रेमले हत्या गरेको पत्ता लगाउन प्रहरीलाई सहज भएको हो । 

hatya-aaropi-1723363301.jpgकर्णालीका विभिन्न अपराधका घटनाहरुको सुक्ष्म अनुसन्धान गरेर सफलता पाउन सफल नारायण प्रसाद शर्माको नेतृत्वको बिशेष अनुसन्धान टोलीले प्रेमको घर, उनले कुराकानी गर्ने गरेका जिल्ला भित्र र बाहिरका अरु महिलाहरु, मृतकका छिमेकीहरु, आफन्जहरु लगायतसँगको बयान तथा अनुसन्धानपछि शुसिलाको हत्यारा पत्ता लगाउन सफल भएको बताईएको छ । 

प्रहरीका अनुसार पछिल्लो समय प्रेम शुसिलाको घरमा २१ गते आएर बास बसेका थिए । २२ गते पनि जाजरकोटको रिम्ना बजार, रुकुम पश्चिमको चाईनाबगर तिर दिनभर घुमेर प्रेम साँझपख फेरि शुसीलाकै घरमा आएका थिए । शुसिलाले गाँउघरमा हाम्रो सम्बन्ध बारेमा सबैले थाहा पाईसके, अब विवाह गरौ भनेर प्रस्ताव राखेको र प्रेमले अस्विकार गरेको प्रहरीको भनाई छ । यहि बिषयमा विवाद बढेपछि प्रेमले शुसिलाको हत्या गरेको बताईन्छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार प्रेमले शुसिलालाई फलामको तावा, सिलौटो, लोरो, चम्चा लगायतले शरिरका विभिन्न भागमा हानेर गम्भिर बनाएपछि सलले घाँटी थिचेर मारेको देखिन्छ । 

शुसिलाको तीन भाई छोरा रोजगारीको सिलसिलामा नेपाल बाहिर बस्ने गर्नुहुन्छ । घरमा एक बुहारीको साथमा बस्ने उहाँ एकदमै सोझो एकल महिलाको रुपमा चिनिनुहुन्थ्यो । बुहारी घटनास्थल भएको घरभन्दा अलि परको टहरामा बस्ने गर्नुहुन्छ । 

लेनदेनले आशंका

स्थानीयका अनुसार हत्या आरोपी र मृतकका बिचमा आर्थिक लेनदेन समेत भएको शंका रहेको छ । मृतकका गरगहाना र छोराहरुले बिदेशबाट पठाएको पैसा देखेर हत्या गरेको हुनसक्ने उनीहरुको आँकलन छ ।

प्रहरीले पनि पाँच हजार रुपियाँ मात्र शुसिलासँगबाट आफूले लिएको प्रेमले स्वीकार गरेको जनाएको छ । तर यस बारेमा थप अनुसन्धानका क्रममा खुल्ने प्रहरीले जनाएको छ । 

मूलपाटीलाई प्राप्त जाकारी अनुसार यिनै ‘भक्ति’ अर्थात प्रेम उक्त गाउँमा जबरजस्ती करणी मुद्धामा मुछिएका थिए । पछि गाउँमै सहमति गरेर घटना सामसुम पारिएको थियो । 

हत्या आरोपी प्रेमलाई अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार ...

 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्