डेढ घण्टासम्म भेरी नदिको टापुमा अड्एिका दुई माझिको उद्धार

आइतबार, साउन २७, २०८१

जाजरकोट । भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार गरिएको छ । 

जाजरकोटको भेरी नगरपालिका १३ कुदुका २८ वर्षिय धर्मराज गिरी र नाम नखुलेका एक अर्कालाई नेपाल प्रहरीले उद्धार गरेको हो । 

जानकारी अनुसार आईतबार दिउँसो रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ र जाजरकोटको भेरी नगरपालिका १३ कुदु बिचको भेरी नदिमा दुई जना माछा मार्न गएका थिए । 

अविरल वर्षाको कारण भेरी नदि एक्कासी बढेपछि उनीहरु नदिको बिच भागमा रहेको टापुमा गएका थिए । 

टापुमा समेत नदिको सतह बढ्न थालेपछि स्थानीयले कुदुस्थित अस्थायी प्रहरी चौकीमा सूचना दिएका दिए । सूचना लगत्तै चौकीबाट प्रहरी सहायक निरीक्षक देव बहादुर नेपालीको नेतृत्वमा गएको प्रहरी र नेपाली सेनाको टोलीले दुई युवाहरुको उद्धार गरेको थियो । 

करिब डेढ घण्टा उनीहरु भेरी नदिको बिच भागमा अड्किएका थिए । 

लगातारको वर्षाको कारण भेरी नदिको सहत बढेकोले माछा पार्न तथा नदिाबाट काठ दाउरा निकाल्न कार्य नगर्न अनुरोध गरिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्