सोसल मिडिया
अविरल बर्षाको कारण ठुलिभेरी नदिको बहाव अत्याधिक बढेको छ । डोल्पा हुँदै आउने ठुलीभेरी नदिको बहाव बढिरहेकोले सतर्क रहन नदि किनारका वासिन्दाहरुलाई बिशेष अनुरोध गरिएको छ ।
नदिको बहाव करिब ६ फिट बढेको बताईएको छ । आठविसकोट नगरपालिका प्रमुख रबि केसीले नदिको आसपासमा रहेका बस्ती र बासिन्दाहरुलाई सतर्क रहन सार्वजनिक रुपमा अनुरोध गर्नुभएको छ ।
उहाँले डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी कार्यालयको समन्वय अनुसार लगातार पानी परिरहेको र नदि बहाव बढ्ने सूचना प्राप्त भएको जनाउनुभयो । नदिको बहाव उच्च हुँदा तटिय क्षेत्रमा बढी क्षति हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले समेत एक सार्वजनिक सूचना जारी गर्दै नदिको तटिय क्षेत्रका नागरिहरुलाई थप सहज रहन अनुरोध गरेको छ । प्रहरीले नदिमा माछा मार्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्यहरु नगर्न समेत अनुरोध गरेको छ ।