Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा अटो दुर्घटना हुँदा आमाछोरी घाईते

आइतबार, साउन २७, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -३ मा अटो दुर्घटना भएको छ । आईतबार बेलुका लु प  ०२०००१ ह ००७६ नम्वरको अटो दुर्घटना भएको हो । 

दुर्घटनामा परेर चौरजहारी नगरपालिका वडा नम्वर ६ घर्तिकाँडा निवासी २१ वर्षिय सिर्जना बिक र उहाँकी ३ वर्षिया छोरी घाईते हुनुभएको छ । 

पारिवारीक कामको शिललिलामा वडा नम्वर ६ को शान्तिवजार देखि चौरजहारी आउदै गर्दा वडा नम्वर ३ को लापुलेगाउँको मोडमा अटो दुर्घटना भएको बताईएको छ । 

दुर्घटनामा परेर आमाको बाँया हात भाँचिएको छ भने छोरीको टाउँकोमा गहिरो चोट लागेको छ । उहाँहरुको चौरजहारी अस्पतालमा उपचार भईरहेको छ । अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर निमरोद लिम्वुका अनुसार आमाछोरीलाई थप उपचारको लागि आफन्तजनले नेपालगञ्ज लिने तयारी गरिरहनुभएको छ । 

अटोचालक सोही वडा निवासी २५ वर्षिय नविन वोहोरालाई सामान्य चोट लागेको वताईएको छ । चालक बोहरा र अटो इलाका प्रहरी कार्यालय चौरजहारीले नियन्त्रणमा लिएर घटनाको वारेमा थप अनुसन्धान गरीरहेको वताएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्