Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटका दुई वडामा ३ हजार विरुवा वितरण

सोमबार, साउन २८, २०८१
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर १ र २ मा विभिन्न प्रजातिका तीन हजार बिरुवा वितरण गरिएको छ । 

नेपाल जनजागरण मञ्चले वडा कार्यालयसँगको समन्वय र समुदायको मागको आधारमा विरुवाहरु उपलब्ध गराएको हो । मञ्चले फास्टेनएक्सन स्वीजरल्याण्डसंगको साझेदारीमा यहाँ सामुदायिक खाद्य सुरक्षा तथा सशक्तिकरण परियोजना सञ्चालन गरिरहेको छ ।

यसै परियोजना अन्तर्गत समुदायलाई आत्मनिर्भर बनाउन र खाद्य तथा पोषणको सुनिश्चितताको लागि विभिन्न प्रजातिका बिरुवाहरु वितरण गरिएको परियोजना संयोजक समिट रिजालले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा नम्वर १ र २ मा कागतिको एक हजार ५९२, टिमुरको दुई सय, मौसमको २१७, पदम चाल्नोको ४१७, जग्रोको ४४१ र डाँलेघाँसको १३३ वटा विरुवा वितरण गरिएको छ । यी विरुवाहरु परियोजनाका फिल्ड कर्मचारीहरुको प्राविधिक सहयोगमा ५४५ घरधुरीमा उपलब्ध गराईएको हो । 

परियोजना संयोजक रिजालका अनुसार केहि कागतीका बिरुवाहरु बाहेक अन्य सबै बिरुवाहरु परियोजनाको सहयोगमा स्थापना भएका बहुउदेश्यीय नर्सरीहरुबाट परियोजनाले खरिद गरी समुदायमा वितरण गरेको हो । 

परियोजनाको सहयोगमा यहाँ चार वटा बहुउदेश्यीय नर्सरीहरु स्थापना भएका छन् । परियाजना अन्तर्गत समुदायमा आवश्यक पर्ने विरुवा र आवश्यक प्राविधिक सहयोग समेत सहजै उपलब्ध गराईन्छ । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्