Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खरखरेमा आएको पहिरो हटाएर मध्यपहाडि सुचारु

मंगलबार, साउन २९, २०८१
tribeni2

मध्यपहाडि राजमार्गको मुसिकोट नगरपालिका –३ खरखरेमा आएको पहिरो हटाएर यातायात सुचारु गरिएको छ । 

आईतबार राती यस क्षेत्रको दुई स्थानमा सुख्खा पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो । आज बिहानै मुसिकोट नगरपालिकाले डोजर लगाएर पहिरो हटाएपछि बाटो सुचारु भएको मुसिकोट नगर प्रहरी ईन्चार्ज उमेश केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिरो पन्छाएसँगै जिल्ला सदरमुकामबाट बाहिरिने र सदरमुकामतर्फ आउने यातायातका साधानहरु चलेका छन् । 

यस अघि मध्यपहाडि राजमार्ग अन्तर्गत नगरपालिका क्षेत्रका विभिन्न स्थानमा आएको पहिरो नगरपालिकाले हटाएर अवरुद्ध सडक खुलाउने कार्य समेत गरेको नगर प्रहरी ईन्चार्ज केसीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्