Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीमा निजी घरको जोखिम बिमा कार्यक्रम

मंगलबार, साउन २९, २०८१
tribeni2

सुर्खेत । विपदबाट निजी आवास क्षतिका कारण नागरिक घरबार विहीन हुने अवस्थाको अन्त्य गर्न कर्णाली सरकारले यस वर्षदेखि निजी घरको जोखिम बिमा कार्यक्रम ल्याइएको छ ।

कानुनमन्त्री समेत रहेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलका अनुसार उक्त कार्यक्रमका लागि पाँच करोड रकम समेत विनियोजन गरिएको छ । मुख्यमन्त्री कँडेलले विपद् न्यूनीकरणमा प्रदेश सरकारले कामहरु गरिरहेको बताउनुभयो ।  उहाँले विपद न्यूनीकरण सबै तहका सरकार तथा सबै निकायहरुले ध्यान दिनुपर्ने बताउनुहुँदै कतिपय साधन, स्रोत र पहुँचको अभावमा विपद् न्यूनीकरणमा प्रभावकारीता नसकेकोले त्यसमा आफ्नो ध्यान गएको बताउनुभयो ।

कँडेलले सोमबार बसेको प्रदेश सभा बैठकमा यो वर्षको ६३ दिनमा प्रदेशभर भएका विपद् घटनाहरुको विषयहरु संसदलाई जानकारी गराउनुभएको थियो । उहाँका अनुसार कर्णालीमा मनसुनजन्य विपदबाट ६३ दिनको अवधिमा १० जनाले ज्यान गुमाएका छन् ।

वर्षातका कारण आएको पहिरो तथा बाढीमा गरी ती व्यक्तिहरुले ज्यान गुमाएका हुन् । यो वर्षको विपद्जन्य मनसुन जेठ २८ गतेदेखि सुरु भएको र आइतबारसम्म विपदमा परी एक जना बेपत्ता भएका छन् । यस्तै, विपद् घटनामा परी २१ महिला ३४ पुरुष गरी ५५ जना घाइते भए । उपचारपछि सबै नागरिक घर फर्किएको जानकारी कँडेलले दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्