Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्व.कस्तुरा ढकालको स्मृतिमा एक लाखको छात्रबृत्ति प्रदान

मंगलबार, साउन २९, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारीमा रहेको शीतल क्याम्पसमा अध्ययनरत बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्तिको लागि एक लाख रुपियाँ प्रदान गरिएको छ । 

चौरजहारी नगरपालिका वडा नम्वर ५ निवासी स्व. कस्तुरा ढकालको १३ औं स्मृति दिवसको अवसरमा उहाँका छोराहरुले बिद्यार्थीहरुलाई छात्रबृत्तिको व्यवस्था गर्नुभएको हो । 

आज क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर खड्का र क्याम्पस प्रमुख रमेश लामिछानेलाई स्व. ढकालका छोरा बिशाल शर्माले एक लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो ।  

स्व. ढकालका चारभाई छोरा र पाँच बहिनी छोरी हुनुहुन्छ । छोराहरु कुल प्रसाद ढकाल, खिम प्रसाद ढकाल, बिशाल शर्मा र गोपाल शर्माले हरेक वर्ष स्वर्गिय आमाको स्मृति दिवसको अवसरमा सामाजिक कार्यका लागि उदाहरणिय काम गर्दै आउनु भएको छ । 

उक्त रकम क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थी छनौट गरेर प्रदान गरिने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर खड्काले जानकारी दिनुभयो ।  

उहाँका अनुसार क्याम्पसले चाँडै नै बिद्यार्थी छनौट गरेर छात्रबृत्ति प्रदान गर्नेछ । स्मृति दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा स्व. ढकालका छोरा बिशाल शर्मा, बुहारी मनसरा शर्मा, जनप्रतिनिधिहरु, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, क्याप्पस प्रमुख लगायत शिक्षकहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्