Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा प्रभावकारी कार्यसम्पादनका लागि करार सम्झौता

मंगलबार, साउन २९, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगर कार्यपालिकाको कार्यालयले कर्मचारीहरुसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ को प्रभावकारी कार्यसम्पादनको लागि करार सम्झौता गरेको हो । 

नगर पालिकाका प्रवक्ता खुमबहादुर खड्काका अनुसार कार्यसम्पादन स्तरलाई थप प्रभावकारी बनाउन नगर प्रमुख पुष्प बादी र निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकाल बिचमा कार्यसम्पादन करार सम्झौता भएको छ । यसैगरी प्रमुख प्रशासकीय अधिकृत र शाखा/उपशाखा  प्रमुख र वडा सचिवहरू बिच पनि कार्य सम्पादन करार सम्झौता गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । 

निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले सूचकमा आधारित कार्य सम्पादन करार सम्झौताले नतिजामूलक कार्यसम्पादनका लागी थप जिम्मेवार बनाउने बताउनुभयो । नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी कसरी बनाउने बिषयमा केन्द्रित रहेर सम्झौता गरिएको ढकालले जनाउनुभयो । 

नगरपालिकाले अहिले शून्य बेरुजु पालिका बनाउनको लागि अभियान समेत सुरु गरेको छ । नगरपालिकाले सेवाग्राही तथा नागरिक सन्तुष्टि मापनको कार्यलाई समेत नियमित गरिरहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिनुभयो ।  यसका साथै सेवा प्रवाहलाई सजिलो बनाउन नगरपालिकाले एकीकृत सेवा प्रवाह केन्द्र समेत सञ्चालनमा ल्याएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्